Monday, January 25, 2016

संशोधनको विरोध गर्दै मोर्चाद्वारा आज पनि संसद् बहिष्कार

संविधानमा गरिएको संशोधनले आफ्नो माग पूरा नगरेको भन्दै मधेसी मोर्चाका सांसद्हरुले आजको संसद बैठक पनि बहिष्कार गरेका छन् । बैठकको सुरुमै बोल्दै संघीय समाजवादी फोरम नेपालका सचेतक शिवजी यादवले ‘संशोधनलाई अल्मल्याउने काम’को संज्ञा दिए ।
‘क्षेत्र निर्धारणमा जनसंख्यालाई मात्रै आधार मानिएन, भूगोल ल्याएर जोडियो । यसले गर्दा तराईमा अन्तरिम संविधानले व्यवस्था गरेको भन्दा पनि कम सिट संख्या हुने भयो । समानुपातिकमा पनि हामीले भनेजस्तो भएको छैन । यो सब अल्मल्याउने मात्रै काम भएको छ,’ यादवले भने ।

मोर्चाका सांसदले बहिष्कार गरे पनि बैठक पनि चलिरहेको छ । शुन्य समयमा सांसदहरुले बोलिरहेका छन् । संसदको आजको कार्यसुचीमा अर्थ समिति र सामाजिक न्याय तथा मानवअधिकार समितिको बार्षिक प्रतिवेदन पेश हुने कार्यक्रम छ ।


No comments:

Post a Comment