Monday, January 25, 2016

रंगेलीमा मारिएकाको शवयात्रा विराटनगरमा

बिहीबार रंगेलीमा प्रहरीको गोलीले मारिएका तीनजनाको शवयात्रा अहिले विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित कोशी अञ्चल अस्पतालबाट सुरु भएको शवयात्रामा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति छ ।

शवयात्रामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अनिल झा, तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्तालगायतका नेताहरु सहभागी छन् ।

विराटनगरको परिक्रमापछि रंगेली पुगेर सभा आयोजना गरिएपछि शवको अन्त्येष्टि गरिनेछ । शवयात्रामा सहभागीता ठूलो भएकाले सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

No comments:

Post a Comment